यर्मिया 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मूर्ति बनाउन तर्शीशबाट पिटिएको चाँदी र उपाजबाट सुन ल्याइन्छ। शिल्पकार र सुनारद्वारा त्यसलाई बनाइन्छ; अनि त्यसमा निलो र बैजनी रङ्गको लुगा लगाइन्छ। ती सबै थोक सिपालु कारिगरहरूद्वारा बनाइएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर्शीशबाट पिटिएको चाँदी ल्याइन्छ, र उपज देशबाट सुन। जे कारीगर र सुनारले बनाउँछन्, बैजनी र नीला लुगा त्यसलाई लगाइन्छन्— ती सबै सिपालु मानिसहरूद्वारा बनाइन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूका मूर्तिहरू त कारिगरका हातका काम हुन्। सुनारले तर्शिश देशका चाँदी र उपज देशका सुनले मूर्तिहरू मोहोर्दछन्। तान बुन्ने सिपालु मानिसहरूले बुनेका नीला र बैजनी वस्त्र तिनीहरूलाई पहिराइदिन्छन्। Viz kapitolaपवित्र बाइबल9 तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी अनि उपज देशबाट सुन ल्याउँछन्। मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन् र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्। निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्। Viz kapitola |