यर्मिया 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 काँक्राबारीमा काग धपाउन राखिएको पुत्लाझैँ, तिनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्; किनकि ती हिँड्न सक्दैनन्। ती मूर्तिहरूलाई बोकेर लैजानुपर्छ। तिनीहरूदेखि नडराओ; तिनीहरूले कुनै पनि हानि गर्न सक्दैनन्, न त तिनीहरूले कुनै असल कुरा नै गर्न सक्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्तै उनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्। तिनीहरूलाई बोक्नु पर्छ, किनकि तिनीहरू हिँड्न सक्दैनन्। तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्दैनन्, न त तिनीहरूले केही असल गर्न सक्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यस्ता मूर्तिहरू त काँक्राबारीमा राखेका तर्साउने पुत्लाजस्ता मात्र हुन्छन्। तिनीहरू बोल्न सक्दैनन्। तिनीहरूलाई बोकिहिंड्नुपर्छ किनभने तिनीहरू हिंड्न सक्दैनन्। तिनीहरूदेखि नडराओ, तिनीहरूले तिमीहरूको केही खति गर्न सक्दैनन्, तिनीहरूले केही असल पनि गर्न सक्दैनन्।” Viz kapitolaपवित्र बाइबल5 मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्। तिनीहरू बोल्दैनन्। तिनीहरूलाई बोक्नु पर्छ, किनभने तिनीहरू हिंड्न सक्तैनन्। तिनीहरूलाई आदर नगर! तिनीहरूले नोक्सान अथवा सहायता गर्नु सक्तैन।” Viz kapitola |