न्यायकर्ता 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याहवेहले गिदोनलाई भन्नुभयो, “मानिसहरू अझ पनि धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजानू र त्यहाँ म तिनीहरूलाई तेरा निम्ति छान्नेछु। यदि मैले तँलाई ‘योचाहिँ तँसित जानेछ’ भनेर जब म भन्छु, तब त्यो जानेछ; तर यदि मैले ‘योचाहिँ तँसित जानेछैन’ भनेर जब म भन्छु, तब त्योचाहिँ जानेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै पनि मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्छु, ‘यो मानिसचाहिँ तँसँग जानेछ,’ तब त्यो जानेछ। र यदि म ‘यो मानिस तँसँग जानेछैन’ भनी भन्नेछु तब त्यो जानेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै तेरा मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा र म त्यहाँ तिनीहरूलाई अलग गर्नेछु। जुन मानिसलाई ‘तँसँग जानेछ’ भन्छु, ऊ तँसँग जानेछ तर जसलाई ‘जानेछैन’ भन्छु, ऊ तँसँग जानेछैन।” Viz kapitolaपवित्र बाइबल4 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।” Viz kapitola |