Online Bible

- Reklamy -




न्यायकर्ता 7:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब गिदोन त्यहाँ आइपुगे, तब एक जना मानिसले आफ्नो साथीलाई एउटा सपना सुनाइरहेको थियो। त्यसले सपना सुनाउँदै भन्यो, “मैले एउटा सपना देखेँ। जौको एउटा गोलो रोटी मिद्यानीहरूको छाउनीभित्र गुड्दै आयो। त्यसले पाललाई यति जोडसित प्रहार गर्‍यो कि पाल नै पल्टेर भत्कियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जब गिदोन नजिक आए, एक जना मानिसले आफ्‍नो साथीलाई सपना सुनाइरहेको थियो। त्‍यसले भन्‍यो, “मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्‌दै-गुड्‌दै आएको देखें। त्‍यो रोटी पालमा आएर त्‍यसमा यति जोडसित बजारियो कि त्‍यसले पाललाई पल्‍टाइदियो र पाल ढल्‍यो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 गिदोन त्‍यहाँ आइपुग्‍दा एक जना मानिसले साथीलाई एउटा सपना भन्‍दैगरेको सुन्‍यो। उसले भन्‍दै थियो, “मैले सपनामा देखें कि जौको एउटा रोटी लड्दै आएर हाम्रो पालमा लाग्‍यो र पाल भत्‍केर भूइँमा ढल्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”

Viz kapitola kopírovat




न्यायकर्ता 7:13

Následuj nás:

Reklamy


Reklamy