न्यायकर्ता 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 बिहान सबेरै यरूब-बाल (जो, गिदोन हुन्), र तिनका सबै मानिसहरूले हेरोदको पानीको मूलमा छाउनी हाले। मिद्यानको छाउनीचाहिँ तिनीहरूको उत्तरतिर मोरेको डाँडाको छेउको बेँसीमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यरूब-बाल, जो गिदोन हुन्, र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे, र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँड़ाको उत्तरपट्टिको बेँसीमा छाउनी हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक दिन बिहानै गिदोन र उनका मानिसहरू उठे र हरोद खोलाका किनारमा छाउनी हाले। त्यसको उत्तरपट्टि मोरे डाँडाको छेउको बेसीमा मिद्यानीहरूको छाउनी थियो। Viz kapitolaपवित्र बाइबल1 बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो। Viz kapitola |