न्यायकर्ता 6:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले देशमा छाउनी हालेर गाजासम्मै बाली नष्ट पारिदिन्थे। अनि इस्राएलका निम्ति न त भेडा, न गाईबस्तु वा गधा कुनै जीवित प्राणी नै छोडिदिन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उनीहरू देशमा छाउनी बनाएर बसे, र गाजाको छेउसम्मैका बालीहरूलाई नाश गरे, यहाँसम्म कि इस्राएलीहरूका निम्ति भेड़ा, गोरु, र अरू कुनै जीवित थोक पनि छोड़ेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू सो ठाउँमा पाल हालेर बस्थे र दक्षिणपट्टि गाजासम्म अन्न नाश गरिदिन्थे। तिनीहरूका सबै भेडा-बाख्रा, गाईवस्तु र गधाहरू लैजान्थे। इस्राएलीहरूलाई जीविकाको निम्ति केही कुरा पनि छोडिदिँदैनथे। Viz kapitolaपवित्र बाइबल4 ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेंडा, वा गाई-बस्तु वा गधाहरू पनि छाडेनन्। Viz kapitola |