न्यायकर्ता 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यी जातिहरू याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई मोशाद्वारा दिनुभएका उहाँका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर तिनीहरूलाई जाँच्न छोडिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँको अभिप्रायचाहिँ मोशाद्वारा तिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिनुभएका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर जाँच्नलाई थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 इस्राएलीहरूको जाँचको निम्ति र तिनीहरूले तिनका पिता-पुर्खाहरूलाई परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञापालन गर्छन् कि गर्दैनन्, सो जाँच्नलाई ती अन्यजातिहरू राखिएका थिए। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर। Viz kapitola |