न्यायकर्ता 2:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई त्यागे, जसले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको थियो। तिनीहरू आफ्ना वरिपरिका मानिसहरूका देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्न थाले। तिनीहरूले याहवेहलाई रिस उठाए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वरलाई त्यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्ना वरिपरि बस्ने जातिहरूका देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूका सामुन्ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 पिता-पुर्खाका परमेश्वर परमप्रभु, जसले तिनीहरूलाई मिश्रदेशदेखि उद्धार गर्नुभएको थियो, तिनीहरूले उहाँलाई पुज्न छोडे। अरू देवताहरू, आफ्ना चारैपट्टि बास गर्ने मानिसहरूका देवताहरू, तिनीहरूले पुज्न थाले। देवताहरूका अघि तिनीहरू शिर निहुराउँथे र परमप्रभुलाई क्रोधित गराउँथे। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुशरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्रोधित तुल्यायो। Viz kapitola |