न्यायकर्ता 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहका दूत गिलगालबाट माथि बोकीममा गएर भने, “मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा ल्याइपुर्याएँ। मैले भनेँ, ‘तिमीहरूसित म आफ्नो करार कहिल्यै भङ्ग गर्नेछैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइपुर्याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिल्यै भङ्ग गर्नेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 गिलगालदेखि बोकीममा परमप्रभुको दूत आए र इस्राएलीहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर तिम्रा पुर्खाहरूसँग प्रतिज्ञा गरेको देशमा ल्याएँ। मैले भनेको थिएँ कि तिमीहरूसँग मेरो करार म कहिले तोड्नेछैनँ, Viz kapitolaपवित्र बाइबल1 परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन। Viz kapitola |