Online Bible

- Reklamy -




न्यायकर्ता 1:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 न त नप्‍तालीले बेथ-शेमेश अथवा बेथ-अनातमा बस्‍नेहरूलाई नै धपाए; तर नप्‍तालीहरू पनि त्यस देशका कनानी बासिन्दाहरूसित बसे। अनि बेथ-शेमेस र बेथ-अनातमा बस्‍नेहरू तिनीहरूका निम्ति ज्यालाविना काम गर्ने मजदुरहरू भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 नप्‍तालीले बेथ-शेमेश र बेथ-अनातका बासिन्‍दाहरूलाई धपाएनन्, तर त्‍यहाँका कनानीहरूसँग बसे, र बेथ-शेमेश र बेथ-अनातका बासिन्‍दाहरू तिनीहरूका लागि बेगार काम गर्ने भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 नप्‍ताली कुलले बेथ-शेमेश र बेथ-अनात सहरका बासिन्‍दाहरूलाई धपाएनन्। त्‍यहाँ तिनीहरू कनानीहरूसँगै बसोबास गरिरहे र तिनीहरूलाई आफ्‍ना निम्‍ति काम गर्न कर लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 नप्ताली कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। नप्तालीका मानिसहरूले कनानी मानिसहरूलाई बेतशेमेश अनि बेतनात शहरहरू छोड् भनी कर गरेनन्। यसरी नप्तालीका मानिसहरू ती मानिसहरूसित ती शहरहरूमा रहे। ती कनानी मानिसहरूले नप्ताली मानिसहरूका निम्ति दासको रूपमा काम गरे।

Viz kapitola kopírovat




न्यायकर्ता 1:33

Následuj nás:

Reklamy


Reklamy