याकूबको पत्र 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्लो र पछिल्लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसो हुँदा दाजुभाइहरू, प्रभु नआउञ्जेलसम्म धीरजी बस। हेर, खेती गर्नेले बहुमूल्य बाली उब्जाउन कति धीरज धर्छ। उसले वर्षा र हिउँदको पानी पर्खन्छ। Viz kapitolaपवित्र बाइबल7 दाज्यू-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरून्जेल प्रतीक्षा गर्छ। Viz kapitola |