याकूबको पत्र 5:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरूलाई हामीले सुखी सम्झन्छौं, कारण तिनीहरूले अन्तसम्मै दिगो रहेर सहे। अय्यूबको धैर्यको बारेमा तिमीहरूले सुनेका छौ। आखिरमा प्रभुले कसरी उनलाई भरिदिनुभयो, त्यो पनि जान्दछौ। प्रभु दया र मायाले भरिएको हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल11 हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ। Viz kapitola |