यशैयाको पुस्तक 9:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरूले मुख खोलेर इस्राएललाई खाएका छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अरामीहरूले पूर्वतिर र पलिश्तीहरूले पश्चिमतिरबाट मुख बाएर इस्राएललाई निलेका छन्। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 पूर्वमा अराम र पश्चिममा पलिश्त देशहरू इस्राएललाई निल्न मुख बाएर बसेका छन्, तापनि परमप्रभुको क्रोध मरेको छैन, दण्ड दिनलाई उहाँका हात उठेका छन्। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ। Viz kapitola |