यशैयाको पुस्तक 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा यूफ्रेटिस नदीको शक्तिशाली पानीको भेल, अर्थात् अश्शूरका राजालाई आफ्नो पूरा रवाफसित ल्याउन लाग्नुभएको छ। त्यो यहूदाको सबै नालाहरूमा पोखिएर बग्नेछ; यसका सबै किनारहरूलाई त्यसले डुबाइदिनेछ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अब हेर्, परमप्रभुले यूफ्रेटिसका पानीको भल, अर्थात् अश्शूरको राजा र त्यसका रवाफसहित तिनीहरूका विरुद्धमा ल्याउन लाग्नुभएको छ। त्यसका सबै नहरमाथि त्यो उर्लेर आउनेछ र त्यसका सबै किनारमाथि बग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 म परमप्रभुले अश्शूरका महाराजा र उनका सारा सेनाहरूलाई यहूदामाथि आक्रमण गर्न ल्याउनेछु। बाढी आउँदा यूफ्रेटिस नदीको पानी बडो वेगले बगेर त्यसका किनाराहरू जल-मग्न भएझैँ तिनीहरू अघि बढी आउनेछन्। Viz kapitolaपवित्र बाइबल7 तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ। Viz kapitola |