यशैयाको पुस्तक 66:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 “म तिमीहरूको बीचमा एउटा चिन्ह राख्नेछु; अनि बाँचेकाहरूलाई म जातिहरूकहाँ पठाउनेछु—तर्शीश, लिबिया, लूदीहरू, जो धनुर्धारी हुन्; तूबल र ग्रीसमा मेरो कीर्तिको बारेमा नसुनेका र मेरो महिमा नदेखेका टाढाका टापुहरूमा पठाउनेछु। तिनीहरूले जातिहरूका बीचमा मेरो महिमा घोषणा गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “म तिनीहरूका बीचमा एउटा चिन्ह राख्नेछु, र तिनीहरूमध्ये बाँचेकाहरूलाई म जाति-जातिहरूकहाँ पठाउनेछु— अर्थात् तर्शीशमा, लिबियाली तथा लूदीहरू, जसले धनु धारण गर्छन्, तूबल र ग्रीसमा, र टाढ़ाका टापूहरूमा, जसले मेरो कीर्ति सुनेका छैनन् र मेरो महिमा देखेका छैनन्। तिनीहरूले मेरो महिमा जाति-जातिहरूका बीचमा घोषणा गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अनि म तिनीहरूको माझमा एउटा चिन्ह दिनेछु। “तर म तिनीहरूमध्ये बाँच्नेहरू कति जनालाई चाहिँ जाति-जाति र टाढा-टाढाका ती देशहरूमा पठाउनेछु, जुनहरूले मेरो कीर्ति सुनेका र मेरा महान्ता र शक्ति देखेका छैनन् अर्थात् तर्शीश, लिबिया र धनुकाँड चलाउने सिपालु मानिसहरू बास गर्ने लूद अनि तूबल र ग्रीस देशहरूमा पठाउनेछु। यी देशहरूमा ती मानिसहरूले मेरो महान्ताको घोषणा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल19 मैले केही मानिसहरूमा चिन्ह लगाएँ, म तिनीहरूलाई बँचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्। Viz kapitola |