यशैयाको पुस्तक 65:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले भन्नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु; मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्। मेरो नाम पुकार नगर्ने जातिलाई, मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “मलाई नसोध्नेहरूलाई मैले स्वयम् प्रकट गरें। जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए। मेरो नाम नै नलिने जातिलाई मैले भनें, ‘म यहाँ छु। म यहाँ छु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले भन्नुभयो, “म मेरा प्रजाले मलाई खोजी गरेको चाहन्थें तर तिनीहरूले खोजी गरेनन्। तिनीहरूले मलाई भेट्टाऊन् भनी म तयार थिएँ तर तिनीहरूले भेट्टाउने चेष्टा नै गरेनन्। तरै पनि मेरो पुकारा नगर्ने जातिलाई ‘म यहाँ छु,’ भनी मैले भनें। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरें जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’ Viz kapitola |