यशैयाको पुस्तक 64:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्वरको बारेमा कसैले सुनेका छैनन्; कुनै कानले सुनेको छैन, कुनै आँखाले देखेको छैन; तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँको बाटो हेर्नेहरूका निम्ति काम गर्नुहुने तपाईंबाहेक अरू कोही परमेश्वर छ भनी कसैले प्राचीनकालदेखि नै कहिल्यै सुनेको छैन, न त कानले सुनेको छ, न आँखाले देखेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तपाईंजस्तो परमेश्वरलाई कसैले कहिल्यै देखेका वा सुनेका छैनन्। तपाईंले आफूमाथि आशा राख्नेहरूका निम्ति कस्ता-कस्ता कामहरू गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन्। तपाईंले बताएका कुराहरूमा कहिल्यै ध्यान दिएर सुनेन्। कसैले पनि तपाईं जस्तो परमेश्वर देखेका छैनन्। तपाईं बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्न्। यदि मानिसहरूमा धैर्य भए अनि तपाईंको सहयोग पर्खेको भए, तिनीहरूका लागि तपाईंले महान कुराहरू गरिदिनुहुने थियो। Viz kapitola |