यशैयाको पुस्तक 61:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूका शर्मको सट्टामा तिमीहरूले दोबर भाग पाउनेछौ; अनि तिमीहरूले अपमानको सट्टामा तिमीहरूका उत्तराधिकारमा आनन्द मनाउनेछौ; यसरी तिमीहरूले आफ्ना देशमा दोबर भाग अधिकार गर्नेछौ, र सदाको निम्ति आनन्दित हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्ना उत्तराधिकारमा रमाउनेछन्। यसैकारण तिनीहरू आफ्नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्तको आनन्द तिनीहरूका निम्ति हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूका लाज र अपमानको अन्त भयो। तिमीहरू आफ्ना देशमा बास गर्नेछौ, तिमीहरूको धन-सम्पत्ति दुई गुणा हुनेछ र तिमीहरूको आनन्द अन्त हुनेछैन। Viz kapitolaपवित्र बाइबल7 बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लज्जित पारे र सबै तिमीहरूको विरूद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढ्ता लज्जित भयौ। यसैले तिमीहरूको देशमा तिमीहरूले अरूहरू भन्दा दुइगुणा बढी पाउनेछौ। तिमीहरूले आनन्द मनाउनेछौ जुन अनन्तसम्म रहनेछ। Viz kapitola |