यशैयाको पुस्तक 59:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अन्धाले जस्तै हामी भित्ता छामछाम-छुमछुम गर्छौँ, आँखा नभएको मानिसजस्तै हामी आफ्नो बाटो छामिहिँड्छौँ। मध्यदिनमा पनि साँझमा जस्तै हामी ठक्कर खान्छौँ; बलियाहरूको बीचमा हामी मरेका मानिसहरूजस्ता छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अन्धा मानिसझैँ हामी भित्ता छाम्दछौं, आँखा नभएकाहरूले झैँ हामी आफ्नो बाटो छाम्दछौं। हामी मध्यदिनमा पनि साँझमा झैँ ठेस खान्छौं। बलियाहरूका बीचमा हामी मरेका झैँ छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र हामी अन्धाझैँ छामछाम-छुमछुम गर्छौं। दिउँसो हामी रात परेझैँ ठोकर खाएर हुत्तिन्छौं, मृत्युको देशमा हामी मुर्दाझैँ हुन्छौं। Viz kapitolaपवित्र बाइबल10 हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँड्छौ। हामी ठोकिन्दै लड्छौं मानौ यो रात हो, हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ मध्यदिनमा हामी मृत मानिस जस्तै लड्छौं। Viz kapitola |