Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ, तपाईंले किन त्यो देख्नुहुन्‍न? हामीले आफूलाई नम्र तुल्यायौँ, तपाईंले किन ध्यान दिनुहुन्‍न?’ “तर तिमीहरू उपवास बस्दा आफूखुशी गर्छौ, र तिमीहरूका सबै कामदारहरूलाई शोषण गर्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरू भन्‍छन्, ‘हामीहरू उपवास बस्‍यौं, र किन तपाईं देख्‍नुहुन्‍न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्‍यान दिनुहुन्‍न?’ “तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्‍नै इच्‍छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मानिसहरू प्रश्‍न गर्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न भने हामी किन उपवास बस्‍नु? उहाँले हामीतिर नजर राख्‍नुहुन्‍न भने किन हामीले खान छोड्‍ने?” परमप्रभु तिनीहरूलाई भन्‍नुहुन्‍छ, “साँचो कुरा यो हो कि तिमीहरूले उपवास राखेकै बेला तिमीहरूले आफ्‍ना स्‍वार्थ सिद्ध गर्छौ र आफ्‍ना कामदारहरूलाई थिचो-मिचो गर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अब ती मानिसहरू भन्दछन्, “तपाईंलाई सम्मान गर्न हामीले उपवास बस्यौ। तर तपाईंले किन हामीलाई हेर्नुहन्न? हामीले हाम्रो शरीरहरूलाई तपाईंको सम्मान गर्नु पीडा दियौ। तपाईंले किन हामीलाई हेरचाह गर्नुहुन्न?” तर परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले विशेष दिनमा उपवास बसेर स्वयंलाई आनन्दित पार्यौ। अनि तिमीहरूले आफ्ना दासहरूलाई दण्ड दियौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:3

Následuj nás:

Reklamy


Reklamy