यशैयाको पुस्तक 56:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू, जसले उहाँको सेवा गर्ने, याहवेहको नामलाई प्रेम गर्ने र उहाँलाई आराधना गर्ने; शब्बाथलाई अपवित्र नगरी पालन गर्ने, र मेरो करारमा स्थिर रहनेहरू— Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँका प्रजासित मिली सहभागी हुने विदेशीहरू, जसले उहाँलाई प्रेम गर्छन्, उहाँको सेवा गर्छन्, विश्रामको दिन मान्छन् र उहाँको करार विश्वासयोग्यतासाथ पालन गर्छन्, तिनीहरूलाई परमप्रभु भन्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल6 “कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुशरण गर्नेछन्। Viz kapitola |