यशैयाको पुस्तक 52:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 “अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्; अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि दिनभरि नै मेरो नामको निन्दा लगातार भइरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अनि अब मेरो यहाँ के छ र?” परमप्रभु भन्नुहुन्छ। “किनकि मेरो प्रजा सित्तैँमा लगियो, र तिनीहरूलाई शासन गर्नेहरू तिनीहरूको ठट्टा गर्छन्,” परमप्रभु भन्नुहुन्छ। “दिनभरि नै मेरो नाउँ निरन्तर निन्दित भइरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अनि अहिले बेबिलोनियामा त्यही कुरा भएको छ। तिमीहरू कैदी भएका छौ र कसैले दाम तिरेका छैन। तिमीहरूमाथि शासन गर्नेहरूले घमण्ड गर्छन् र मेरो नाउँको निन्दा गर्छन्। Viz kapitolaपवित्र बाइबल5 अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैँ नराम्रा कुराहरू गर्दछन्।” Viz kapitola |