यशैयाको पुस्तक 51:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरू आफ्नो सृष्टिकर्ता याहवेहलाई भुल्छौ, जसले आकाश फिँजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो; तिमीहरूलाई नाश गर्न इच्छुक रहने अत्याचारीहरूका क्रोधसित तिमीहरू दिनहुँ डराएर बस्छौ? ती अत्याचारीहरूका क्रोध कहाँ छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 आकाशलाई फैलाउनुहुने र पृथ्वीको जग बसाल्नुहुने आफ्ना सृष्टिकर्तालाई भुलेर अत्याचारीका क्रोधको कारण, जसले तँलाई नाश गर्न खोज्छ, तँ किन दिनदिनै त्रासमा जीवन बिताउँछस्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरूलाई सृष्टि गर्ने, आकाश फैलाउने र पृथ्वीको जग बसाल्ने, परमप्रभुलाई के तिमीहरूले बिर्स्यौ? तिमीहरूलाई नाश गर्न तयार हुनेहरूका र तिमीहरूमाथि अत्याचार गर्नेहरूका रिसको निरन्तर डर मानेर किन तिमीहरू जिउँदछौ? तिनीहरूका रिसले तिमीहरूलाई छुन सक्दैन। Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो। उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो। अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो। तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ। यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ, जसले तिमीहरूलाई चोट पुर्याउँछ। ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्। Viz kapitola |