यशैयाको पुस्तक 5:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ र ज्वालामा सुक्खा घाँस खरानी भएझैँ तिनीहरूका जरा सडिजाने छन्, र तिनीहरूका फूलहरू धुलोझैँ उडिजानेछन्; किनकि तिनीहरूले सेनाहरूका याहवेहको व्यवस्थालाई इन्कार गरेका छन्; अनि इस्राएलका पवित्र परमेश्वरको वचनलाई लत्याएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यसैकारण जसरी आगोको ज्वालाले पराललाई भस्म गर्दछ, र सुकेको घाँस ज्वालामा भस्म हुन्छ, त्यसै गरी तिनीहरूका जरा सड़ेर जानेछन्, र तिनीहरूका फूल धूलो उड़ेझैँ उड़ेर जानेछन्। किनभने तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको व्यवस्थालाई इन्कार गरेका छन्, र इस्राएलका परमपवित्रको वचनलाई हेला गरेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त अब जसरी पराल र सुकेका पात चाउरिएर आगोमा डढिजाँदछन्, त्यसरी नै तिमीहरूका जरा सडेर जानेछन् र फूल सुकेर उडिजानेछन् किनभने तिमीहरूले सर्वशक्तिमान् परमप्रभु इस्राएलका पवित्र परमेश्वरले दिनुभएको शिक्षा अस्वीकार गरेका छौ। Viz kapitolaपवित्र बाइबल24 तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ। ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे। Viz kapitola |