यशैयाको पुस्तक 49:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँ भन्नुहुन्छ: “याकोबका कुलहरूलाई पुनर्स्थापित गर्न र मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्ति तँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो। मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेर म तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँ भन्नुहुन्छ: “याकूबका कुलहरूलाई फेरि पुनर्स्थापन गर्न र इस्राएलको बाँकी भागलाई फेरि फर्काई ल्याउन तँ मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरो छ। पृथ्वीको पल्लो छेउसम्म तैंले मेरो उद्धार पुर्याओस् भनी अन्यजातिहरूकहाँ एउटा ज्योति पनि म तँलाई बनाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुले मलाई भन्नुभयो, “ए मेरा सेवक, तेरो लागि एउटा अझ ठूलो काम छ। तैँले इस्राएलका बाँचेका मानिसहरूलाई फेरि फर्काई ल्याउनेछस्; त्यति मात्र होइन, म तँलाई जाति-जातिका बीचमा एउटा ज्योति पनि बनाउनेछु र सारा संसारमा तैँले मेरो उद्धार पुर्याउनेछस्।” Viz kapitolaपवित्र बाइबल6 परमप्रभुले मलाई भन्नुभयो, “तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।” Viz kapitola |