यशैयाको पुस्तक 48:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ; ती हुनुभन्दा पहिले नै मैले तँलाई सूचित गरेँ, ताकि तैँले ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, र मेरा काठका मूर्तिहरूले यी गरेका हुन्’ भनी भन्न नपाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसैकारण मैले यी कुरा तँलाई उहिले नै बताइदिएँ। यी हुन आउन अघि नै मैले यी तँलाई भनिदिएँ, ताकि तैंले यसो भन्न नपाओस्, ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, मेरो काठको प्रतिमा र धातुको देवताले यी निर्दिष्ट गरेका हुन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसैले कुन घटना कहिले हुनेछ भनी ती घटना हुनुअघि नै बताइदिएर मैले तिमीहरूको भविष्यबाट धेरै दिनअघि भनिदिएको थिएँ। हाम्रा देवता र मूर्तिहरूले ती गराएका हुन् भनी तिमीहरूले दाबी गर्न नसक भनेर मैले त्यसो गरेको हुँ। Viz kapitolaपवित्र बाइबल5 यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ। मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिनीहरूको बारेमा भनेको थिएँ। मैले यो गरें ताकि तिमीले भन्नु नपरोस्, ‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’ मैले यस्तो गरें भनी तिमीले भन्नु नपरोस, ‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन् भन्ने कुरा बतायो।’” Viz kapitola |