यशैयाको पुस्तक 48:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 बेबिलोनलाई छोडिदेओ, बेबिलोनीहरूबाट भाग! यसलाई हर्षको चीत्कारले सूचित गर र यसलाई घोषणा गर। यसलाई पृथ्वीको छेउसम्म पठाओ; “याहवेहले आफ्नो सेवक याकोबलाई मोल तिरेर छुटाउनुभएको छ” भनी भन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 बेबिलोनबाट निस्केर जाओ। बेबिलोनीहरूबाट भाग। आनन्दको सोरले कराउँदै यस कुराको घोषणा गर। पृथ्वीको पल्लो छेउसम्म यो कुरा सुनाओ। तिमीहरू भन, “परमप्रभुले आफ्नो दास याकूबलाई मोल तिरेर छुटकारा गर्नुभएको छ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 बेबिलोनबाट निस्किआओ, स्वतन्त्र भएर जाओ! आनन्दसाथ कराएर खबर देओ, यो सबैलाई सुनाओ: “परमप्रभुले आफ्नो सेवक इस्राएललाई बचाउनुभएको छ!” Viz kapitolaपवित्र बाइबल20 मेरा मानिसहरू बाबेल त्याग। मेरा मानिसहरू, कल्दीहरूबाट भाग। आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन। यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ। मानिसहरूलाई भन, “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।” Viz kapitola |