यशैयाको पुस्तक 48:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीहरूका सन्तान बालुवाझैँ हुनेथिए, र तिमीहरूका बालबच्चाहरू त्यसका असंख्य कणहरूझैँ हुनेथिए; तिनीहरूका नाम मेरो सामुबाट कहिल्यै हटाइनेथिएन, न त नाश गरिनेथियो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तेरो वंश बालुवासरह हुनेथियो, र तेरा छोराछोरीहरू त्यसका कणसरह हुनेथिए। तिनीहरूका नाउँ मबाट कहिल्यै काटिनेथिएनन्, र ती मेरो सामुन्ने नाश हुनेथिएनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिमीहरूका सन्तानहरू बालुवाका कणझैँ असङ्ख्य हुनेथिए र मैले तिनीहरू कहिल्यै नाश नहोऊन् भनी निश्चय गर्नेथिएँ।” Viz kapitolaपवित्र बाइबल19 यदि तिमीहरूले मेरो कुराहरू मानेको भए, तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियौ। तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए। यदि तिमीले मेरा आज्ञा पालन गरेको भए, तिमीहरू नाश हुने नै थिएनौ। तिमीहरू लगातार मसँग नै हुने थियौ।’” Viz kapitola |