यशैयाको पुस्तक 47:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यी दुवै कुराहरू, छोराछोरीको वियोग र विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ। तेरा धेरै तन्त्रमन्त्रहरू र सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनि ती तँमाथि पूर्ण रूपले आइपर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ‘यी दुई कुरा तँमाथि एकै क्षणमा एकै दिनमा आइपर्नेछन्: छोराछोरीहरूका वियोग र विधवापना। तेरो ज्यादै टुनामुना र तेरो शक्तिशाली तन्त्रमन्त्र भए तापनि ती पूर्ण रूपमा तँमाथि आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर यी कुराहरू तँमाथि एकै घडी, एकै दिनमा पूर्णरूपले आइपर्नेछन्, तैँले जत्तिकै टुना-मुना र मन्त्र-तन्त्र चलाए पनि तेरा छोरा-छोरीहरू मर्नेछन्, तँ विधवा हुनेछे। Viz kapitolaपवित्र बाइबल9 यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्। पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ, अनि त्यसपछि तिमीले आफ्नो लोग्ने गुमाउनेछौ। हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्। अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउँनेछैन। Viz kapitola |