यशैयाको पुस्तक 46:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसलाई काँधमा उठाएर बोक्छन्; अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ। त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन। कसैले त्यसलाई पुकार गर्यो भने तापनि त्यसले जवाफ दिन सक्दैन; त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरू त्यसलाई काँधमा हाली बोकेर लैजान्छन्, र त्यसलाई त्यसको स्थानमा राख्छन्, र त्यो त्यहाँ खड़ा रहन्छ। त्यस ठाउँबाट त्यो आफै सर्न सक्दैन। कसैले त्यसको सामुन्ने पुकारा गरे तापनि त्यसले जवाफ दिँदैन, त्यसले त्यसको दु:खदेखि बचाउन सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले त्यसलाई काँधमा लिएर बोक्छन्, त्यसका ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ। त्यहाँबाट त्यो यताउता सर्न सक्दैन। कसैले त्यसलाई प्रार्थना गर्यो भने त्यसले उत्तर दिन सक्दैन वा कुनै आपत्-विपत्तिबाट जोगाउन सक्दैन। Viz kapitolaपवित्र बाइबल7 ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूईंमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन्। झूटा देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई सङ्कटबाट रक्षा गर्न सक्दैन्। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उत्तर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन्। Viz kapitola |