यशैयाको पुस्तक 45:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि याहवेह भन्नुहुन्छ— जसले स्वर्ग सृजनुभयो, उहाँ परमेश्वर हुनुहुन्छ; उहाँ, जसले पृथ्वीलाई आकार दिएर बनाउनुभयो; उहाँले त्यसलाई स्थापित गर्नुभयो; त्यसलाई रित्तो हुनलाई सृष्टि गर्नुभएको होइन, तर त्यसलाई बसोबास गराउनको लागि बनाउनुभयो— उहाँ भन्नुहुन्छ: “म नै याहवेह हुँ, मबाहेक अर्को कोही परमेश्वर छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनकि परमप्रभु यसो भन्नुहुन्छ— उहाँ, जसले आकाश सृष्टि गर्नुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको रूप रच्नुभयो र बनाउनुभयो, र त्यो बसाल्नुभयो, उहाँले त्यो खाली हुनलाई सृष्टि गर्नुभएन तर उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो— उहाँ भन्नुहुन्छ: “म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमप्रभुले स्वर्ग सृजनुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ! उहाँले पृथ्वीलाई आकार दिनुभयो र बनाउनुभयो, उहाँले त्यसलाई स्थिर र स्थायी बनाउनुभयो। उहाँले पृथ्वीलाई उजाड-स्थान होइन, तर मानिसहरू बसोबास गर्ने स्थान बनाउनुभयो। उहाँले नै भन्नुहुन्छ, “परमप्रभु म नै हुँ र अरू कुनै परमेश्वर छैन। Viz kapitolaपवित्र बाइबल18 परमप्रभु नै परमेश्वर हुनुहुन्छ। उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो। परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो। परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न, जुन उहाँले बनाउनु भयो! उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो! “म परमप्रभु हुँ। म बाहेक अरू कोही परमेश्वर छैन।” Viz kapitola |