यशैयाको पुस्तक 25:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 र मरुभूमिको गर्मीझैँ हो। तपाईंले परदेशीहरूको खैलाबैला बन्द गराउनुहुन्छ; गर्मीलाई बादलको छायाले कम गरिदिएझैँ, निष्ठुरहरूको गीत बन्द गराइन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 र मरुभूमिमा ताप परेझैँ हो। तपाईंले विदेशीहरूको हल्लालाई साम्य पार्नुहुन्छ। बादलले घामलाई छाया पारेझैँ निष्ठुरहरूको गीत तपाईंले बन्द गरिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 र सुख्खा ठाउँमा खडेरी परेझैँ हमला गर्छन्। तर परमप्रभु, तपाईंले हाम्रा शत्रुहरूका मुखमा बुजो लाइदिनुभएको छ, बादलले गरम दिनलाई शीतल बनाएझैँ तपाईंले निष्ठुर मानिसहरूको सोर बन्द गरिदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 शत्रुहरू चिच्याउँछन् अनि कोलाहल मच्चाउँछन्। शत्रुले भयानक चुनौतीहरू दिन्छन्। तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ। गर्मीको बेला मरुभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ। त्यस्तै प्रकारले तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ, भयानक तपाइँले शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ। Viz kapitola |