यशैयाको पुस्तक 22:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “त्यस दिन त्यो बलियो ठाउँमा गाड़िएको कीला हट्नेछ। त्यो काटिनेछ र ढलेर जानेछ, र त्यसमा झुण्डिरहेको भार काटिनेछ।” परमप्रभुले भन्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसो हुँदा दरिलोसित गाडेको किला खुकुलो भई खस्नेछ। त्यसमा झुण्डिएका प्रत्येक कुराको अन्त त्यस्तै हुनेछ।” यो कुरा परमप्रभुले भन्नुभएको हो। Viz kapitolaपवित्र बाइबल25 “त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो। Viz kapitola |