Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 धेरै जातिहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 धेरै मानिसहरूले आएर भन्‍नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 र ती मानिसहरूले यसो भन्‍नेछन्, “हामी परमप्रभुको पर्वत उक्‍लेर इस्राएलका परमेश्‍वरको मन्‍दिरमा जाऔं। उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाई दिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिँड्‍नेछौं किनभने परमप्रभुको शिक्षा यरूशलेमबाट आउँदछ र सियोनबाट फैलिनेछ र उहाँ आफ्‍ना प्रजासँग बोल्‍नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 धेरै मानिसहरू त्यहाँ जानेछन् र तिनीहरूले भन्नेछन्, “आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ, माथि याकूबको परमेश्वरको मन्दिरमा। अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ। अनि हामीले उहाँलाई पछ्याउनेछौं।” परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:3

Následuj nás:

Reklamy


Reklamy