यशैयाको पुस्तक 17:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 पानीको बेग गर्जेझैँ मानिसहरू गर्जिए तापनि परमेश्वरले तिनीहरूलाई हप्काउनुहुँदा तिनीहरू टाढा-टाढा भाग्नेछन्; अनि डाँडाहरूमा हावाले उडाएका भुसझैँ, र आँधीको सामु सानो झारझैँ हुर्याइनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यद्यपि हुर्रिएर आएको पानीको गर्जनझैँ जाति-जातिहरू गर्जन्छन्, जब उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, तिनीहरू टाढ़ा भागेर जान्छन्, र बतासले उड़ाएको डाँड़ाको भुस र आँधीबेहरीले उड़ाउने झारझैँ खेदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 वेगसित बढी आउने बाढझैँ जाति-जाति अघि बढ्छन्। तर परमेश्वरले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू पछि सर्नेछन्। डाँडामा बतासले भुस उडाएझैँ र हावाको भुमरीमा परेको परालझैँ तिनीहरू हुर्याइन्छन्। Viz kapitolaपवित्र बाइबल13 अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्, परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ, अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू, बतासले खेद्दै उडाई लैजाने भुस जस्ता हुने छन्। मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन, हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ। Viz kapitola |