यशैयाको पुस्तक 16:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर अब याहवेह भन्नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर अब परमप्रभु यसो भन्नुहुन्छ, “ठेक्कामा लिएको नोकरले गनेझैँ, तीन वर्ष भित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहराइनेछन्। त्यसका बाँचेकाहरूचाहिँ साह्रै थोरै र कमजोर हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अब परमप्रभु भन्नुहुन्छ, “तीन वर्षमा मोआबको ठूलो धन-सम्पत्ति खतम हुनेछ। त्यसका धेरै मानिसहरूमध्ये अति थोरै मात्र बाँच्नेछन् र तिनीहरू कमजोर हुनेछन्।” Viz kapitolaपवित्र बाइबल14 अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन बर्षभित्र (ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं) सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।” Viz kapitola |