यशैयाको पुस्तक 14:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 हे सबै पलिश्ती हो, तिमीहरूलाई प्रहार गर्ने लहुरो भाँचियो भनेर नरमाओ; त्यस सर्पको वंशबाट अति विषालु सर्प निस्कनेछ, र प्रहार गर्ने विषालु सर्प त्यसको फल हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “हे सारा पलिश्तीहरू, तिमीहरूलाई हिर्काउने लहुरो भाँचियो भनेर रमाहट नगर, किनकि त्यही साँपको वंशबाट विषालु सर्प निस्कनेछ। त्यसको फल अति विषालु सर्प हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “हे पलिश्ती देश तँलाई हिर्काउने लौरो भाँचियो तर तैँले रमाउने केही कारण छैन। जब एउटा साँप मर्छ, अर्को अझ खतरनाक साँप त्यसको ठाउँमा आउँछ। साँपका फुलबाट उड्ने विषालु सर्प निस्कन्छन्, Viz kapitolaपवित्र बाइबल29 हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू धेरै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्। Viz kapitola |