यशैयाको पुस्तक 13:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू त्रसित हुनेछन्; तिनीहरूलाई कष्ट र वेदनाले पक्रनेछन्; तिनीहरू प्रसव-वेदनामा परेकी स्त्रीझैँ छटपटाउनेछन्। तिनीहरू हैरान भएर एक-अर्कातिर हेर्नेछन्; तिनीहरूका अनुहारहरू डरले गर्दा फिका हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरू डराउनेछन्। पीडा र वेदनाले तिनीहरूलाई छोप्नेछ, सुत्केरी स्त्रीलाई पीडा भएझैँ तिनीहरू पीडाले व्याकुल हुनेछन्। तिनीहरू एक-अर्कालाई चकित भई हेर्नेछन्। तिनीहरूको अनुहार आगोको ज्वालाझैँ हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सुत्केरी हुने पीडा लागेकी स्त्रीझैँ तिनीहरूलाई पीडा र भय हुनेछ। डरले तिनीहरू एक-अर्कालाई हेर्नेछन् र तिनीहरूको अनुहार आगोले डढेझैँ हुनेछ। Viz kapitolaपवित्र बाइबल8 प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन आँटेकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ। Viz kapitola |