यशैयाको पुस्तक 13:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 मैले आफ्नो क्रोध खन्याउन आफ्ना पवित्र जनहरूलाई बोलाइपठाएको छु: युद्धका निम्ति तयार पारेका आफ्ना योद्धाहरूलाई आज्ञा गरेको छु, जो मेरो विजयमा रमाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मेरा पवित्र जनहरूलाई मैले आज्ञा गरेको छु। मेरो रीस पोखाउन मेरा योद्धाहरूलाई मैले हुकुम दिएको छु। तिनीहरू मेरो विजयमा आनन्दित हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमेश्वरले आफ्नो गर्व र भरोसापूर्ण सेनालाई एउटा पवित्र लडाइँ गर्न र उहाँको रिसमा परेका मानिसलाई दण्ड दिन बोलाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल3 परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्याएँ, अनि म आफैं नै तिनीहरूलाई आज्ञा दिनेछु। म कति रिसाहा छु भन्ने देखाउनँ, ती घमण्डी, खुशी मानिसहरूलाई एक ठाउँमा भेला परेको छु। Viz kapitola |