यशैयाको पुस्तक 11:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ; उहाँले प्रचण्ड बतासले यूफ्रेटिस नदीमाथि आफ्नो हात चलाउनुहुनेछ। मानिसहरू जुत्ता लगाएरै तर्न सकून् भनेर उहाँले त्यसलाई सात वटा खोलामा विभाजित गराइदिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभुले मिश्रदेशको समुद्रको खाड़ीलाई बिलकुलै सुकाउनुहुनेछ। उहाँले यूफ्रेटिस नदीमाथि लूहसित आफ्नो हात चलाउनुहुनेछ, र त्यसलाई सातवटा खोलाहरूमा विभाजन गर्नुहुनेछ र त्यसमा मानिसहरू जुत्ता लाएर सुक्खै तरेर जानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमेश्वरले लाल समुद्रलाई सुकाइदिनुहुनेछ र तातो हावा बहाएर यूफ्रेटिस नदी पनि सुकाइदिनुहुनेछ र त्यहाँ स-साना सात वटा खोला हुनेछन्। ती खोला जोसुकैले पनि हिँडेर पार गर्न सक्नेछ। Viz kapitolaपवित्र बाइबल15 परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुइ भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्। Viz kapitola |