यशैयाको पुस्तक 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 कैदीहरूको बीचमा झुक्नुबाहेक र मारिएकाहरूका बीचमा लोट्नुबाहेक केही पनि छोडिनेछैन। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 कैदीहरूका साथसाथै खुम्चिनु र मारिएकाहरूका माझमा लोट्नुबाहेक अरू केही रहनेछैन। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरू लडाइँमा मारिनेछौ वा त कैदमा लगिनेछौ तर पनि परमप्रभुको क्रोध मर्नेछैन, उहाँका हात सजायँ दिनलाई अझै उठेका हुनेछन्। Viz kapitolaपवित्र बाइबल4 तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ। Viz kapitola |