यशैयाको पुस्तक 10:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसकारण प्रभु, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “हे सियोनमा बस्ने मेरो प्रजा हो, अश्शूरसित तिमीहरू नडराओ, जसले तिमीहरूलाई लाठोले हिर्काउनेछ; अनि तिमीहरूको विरुद्ध इजिप्टले गरेझैँ मुङ्ग्रो उठाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यसैकारण परमप्रभु, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “हे सियोनमा बस्ने मेरा प्रजा हो, अश्शूरीहरूसित नडराओ, जसले तिमीहरूलाई एउटा लाठोले हिर्काए र मिश्रले गरेझैँ एउटा लहुरो तिमीहरूका विरुद्धमा चलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 सियोनमा बास गर्नेहरूलाई सार्वभौम र सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “अश्शूरीहरूसित तिमीहरू नडराओ। तिनीहरूले तिमीहरूलाई मिश्रीहरूले झैँ अत्याचार गरे तापनि तिमीहरू नडराओ। Viz kapitolaपवित्र बाइबल24 मेरो मालिक, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हे सियोनमा बस्ने मेरा मानिसहरू अश्शूरदेखि नडराऊ! जसरी मिश्रले तिमीहरूलाई पहिले प्रहार गरेका थियो त्यसरी नै अश्शूरले पनि प्रहार गर्नेछ। मानौं अश्शूरले प्रहार गर्नलाई कुनै डण्डाको प्रयोग गर्दछ। Viz kapitola |