यशैयाको पुस्तक 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूको देश उजाड छ, तिमीहरूका सहरहरू आगोले जलाइएका छन्; तिमीहरूका खेतहरू तिमीहरूकै सामु परदेशीहरूले उजाड पारिदिएका छन्; अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्। तिमीहरूको जमिन तिमीहरूकै सामुन्ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्यो उजाड़ पारिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूका देश विध्वंस पारिएको छ र तिमीहरूका सहरहरू आगोले भस्म पारिएका छन्। तिमीहरूकै सामुन्ने विदेशीहरूले तिम्रा जमिन हात पार्छन् र सबै थोक नष्ट गरिदिन्छन्। Viz kapitolaपवित्र बाइबल7 तिमीहरूको देश विध्वंश भएको छ। तिमीहरूका शहरहरू आगोले जलिसकेका छन्। तिम्रा शत्रुहरूले तिमीहरूको जग्गा-जमीन लगिसकेको छ। तिमीहरूको जग्गा-जमीन सेनाहरूद्वारा नष्ट पारिएको एउटा देश जस्तो छ। Viz kapitola |