हिब्रू 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर दोस्रो भागमा चाहिँ प्रधान पुजारी मात्र वर्षमा एक पल्ट प्रवेश गर्दथे, रगतविना कहिल्यै पनि होइन, जुन रगतचाहिँ तिनले आफ्नै लागि र मानिसहरूले अज्ञानतामा गरेका पापहरूको निम्ति चढाउनलाई जान्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर भित्रपट्टिको कोठामा भने प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एक चोटि जान्छन्, सो पनि रगत नलगी होइन। त्यो रगत उनले आफ्नो निम्ति र मानिसहरूका पापको निम्ति चढ़ाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 भित्रपट्टिको महापवित्र स्थानमा चाहिँ प्रधान पूजाहारी मात्र जान पाउँछन्, त्यो पनि वर्षमा एक पटक मात्र। उनले रगत नलिईकन त्यो महापवित्र स्थानमा पस्न पाउँदैनन्। उनले त्यो रगत आफूले गरेको पापको लागि र मानिसहरूले नजानी गरेका पापको लागि चढाउने गर्छन्। Viz kapitolaपवित्र बाइबल7 तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि वर्षमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे, Viz kapitola |