हिब्रू 9:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैँको लागि एकै पल्ट महा-पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्त गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 बोका र बाछाहरूको रगतले होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकै पल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उहाँ सोझै यस मन्दिरको महापवित्र ठाउँमा सधैँको निम्ति एकैपल्ट पस्नुभयो। उहाँले बोका र साँढेको बलि चढाएको रगत लिएर पस्नुभएन। तर आफ्नै बलि चढाएको रगत लिएर पस्नुभयो र हामीलाई सधैँभरि रहने मुक्ति दिनुभयो। Viz kapitolaपवित्र बाइबल12 ख्रीष्ट महा-पवित्र स्थानमा सधैँको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुट्करा दिलाउनु भयो। Viz kapitola |