हिब्रू 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 यहाँ पहिलेदेखि नै स्थापना भएका असल व्यवस्थाहरूको प्रधान पुजारीको रूपमा जब ख्रीष्ट आउनुभयो, तब उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन, अर्थात् जुन वासस्थान यो सृष्टिको भाग होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब ख्रीष्ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान् र सिद्ध पवित्र वासस्थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात् यस सृष्टिको अङ्ग होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर ख्रीष्ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्दिरमा पूजाहारी हुनुहुन्छ। यो मानिसले बनाएको मन्दिर होइन र सृष्टि गरिएको यस संसारको कुरो पनि होइन। Viz kapitolaपवित्र बाइबल11 प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन। Viz kapitola |