हिब्रू 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब लेवी वंशबाट भएका पुजारीहरूले मात्र मानिसहरूबाट अथवा तिनीहरूका सङ्गी इस्राएलीहरूबाट दशांश उठाउन सक्छन् भनी व्यवस्थाले अनुमति दिन्छ। यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानहरू हुन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पूजाहारी पदमा नियुक्त भएका लेवी वंशका मानिसहरूले आफ्नै दाजुभाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाबमोजिम पाएका थिए, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 लेवीको सन्तानका पूजाहारीहरू आफ्ना दाजुभाइ इस्राएलीबाट कमाइको दशांश उठाउँछन्। यो त तिनीहरूलाई व्यवस्थाले अह्राएको हो। लेवीका सन्तान र इस्राएली सबै अब्राहामकै सन्तान हुन्। Viz kapitolaपवित्र बाइबल5 अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्। Viz kapitola |