हिब्रू 6:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 र पनि तिनीहरू पतित भए भने तिनीहरूलाई पश्चात्तापमा फिर्ता ल्याउन असम्भव हुन्छ; तिनीहरूले आफ्ना कामहरूद्वारा परमेश्वरको पुत्रलाई पुनः क्रूसमा टाँगेर खुल्लमखुल्ला उहाँको अपमान गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्चात्ताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ। किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि क्रूसमा टाँग्छन्, र खुल्लमखुल्ला उहाँको अपमान गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मानिस भएर पनि परमेश्वरलाई फेरि छोडेर जानेहरूलाई पश्चात्ताप गराएर परमेश्वरकहाँ फर्काउन सकिंदैन! किनभने यस्ताहरूले त परमेश्वरको छोरालाई फेरि दोस्रोपल्ट क्रूसमा झुण्ड्याउँछन् र सबैका अगाडि उहाँको बेइज्जत गर्दछन्। Viz kapitola |