हिब्रू 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले प्रेरित र प्रधान पुजारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसकारण स्वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्वीकार गरेका प्रेरित तथा प्रधान पूजाहारी येशूलाई विचार गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसैकारण परमेश्वरले बोलाउनुभएका पवित्र दाजुभाइहरू हो, राजदूत र प्रधान पूजाहारी भनेर हामीले मानेका येशूमा मन लगाओ। Viz kapitolaपवित्र बाइबल1 यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ। Viz kapitola |