हिब्रू 12:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण यतिका साक्षीका ठूला बादलले हामीलाई घेरिराखेका हुनाले, हामीलाई बाधा पुर्याउने टन्टाहरू र सजिलैसित अलमल्याउने पापहरूजस्ता हरेक थोक त्यागेर, हाम्रो अगि राखिएको दौड धीरजसाथ दगुरौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हाम्रो लागि त हाम्रै वरिपरि साक्षीहरूको भीड छ। त्यसकारण हाम्रो बाटोमा आइपर्ने बाधाहरू र हामीलाई अल्झाइराख्ने पापहरूलाई हामी पन्साऔं अनि हाम्रो सामने भएको दौड दृढतासाथ दौडौं। Viz kapitolaपवित्र बाइबल1 हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउँछ भने त्यसलाई फ्याँक्नु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ। Viz kapitola |